इस्लामाबाद । पाकिस्तानको पश्चिममा रहेको सहरनजिकै एउटा बस खोंचमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् । रावलपिण्डीबाट क्वेटातर्फ जाँदै गरेको बस खैबर पख्तुनख्वा प्रान्तको दानिसारनजिक सडकबाट केही मिटर तल खसेको थियो ।
पुराना सवारी साधन, कमजोर सडक, चालकको लापरबाहीलगायतका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् । गत महिना बालोचिस्तानमा एउटा खोंचमा बस खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच