-डम्मर बुढा मगर
बागलुङ । बागलुङमा ठूलो मात्रामा लागु औषधसहित चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएका प्रहरीको टोलीले आइतबार दिउँसो पाल्पाको मदनपोखरा गाउँपालिका वडा नम्बर ७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, गुल्मीको मुसिकोट नगरपालिका वडा ५ नम्बर ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङको लमही नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय शोसन चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीले ९०५ फेर्नागन, डाइजेपाम ९२४ एम्पुल र नुर्फिन ९१७ गरि दुई हजार ७४६ एम्पुल लागु औषधसहित उनीहरुलाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
बुटवलदेखि बागलुङतर्फ आउँदै गरेको लु २ ख ५३१६ नम्बरको बसमा लागु औषध ओसारपसार भएको सूचना पाएपछि प्रहरीले बागलुङ नगरपालिका वडा नम्बर ३ चिप्लेटी बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच