सुक्दै इटलीको सबैभन्दा लामो नदी

Read Time = 3 mins

रोम । पछिल्लो समय इटलीको सबैभन्दा लामो ‘पो’ नदी सक्दै गएको छ । स्याटेलाइट तस्वीरहरूले इटालीको सबैभन्दा लामो पो नदी साँघुरिएको देखाएको हो । कम वर्षा र बढ्दो तापक्रमका कारण नदी घट्दै गएको बताइएको छ । स्पेस एजेन्सीले एनिमेसनमा पिआसेन्जा सहरनजिक पो उपत्यकाको एक भाग देखाएको छ । यसमा जुन २०२० र जुन २०२२ को अवधिमा नदीको आकार घटेको स्पष्ट रूपमा देख्न सकिन्छ ।

यो पो उपत्यकामा पश्चिमदेखि पूर्वसम्म फैलिएको छ । यसको लम्बाइ लगभग ६५२ किलोमिटर छ । यसले कुल ७१ हजार वर्ग किलोमिटर क्षेत्रफल ओगट्छ । यो वरपरका क्षेत्रहरूका लागि ताजा पानीको सबैभन्दा ठूलो स्रोत हो । किसानहरू खेतीका लागि यही खोलामा निर्भर छन् । मिडिया रिपोर्टका अनुसार पो उपत्यका छेउछाउका केही क्षेत्रमा ११० दिनसम्म पानी परेको छैन ।

७० वर्षको इतिहास हेर्‍यौं भने यतिबेला पो नदी सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ । स्याटेलाइट तस्वीरले पहिले हिलो दलदल भएका नदीका ठाउँहरू अहिले पूर्णरूपमा सुकेको प्रष्ट देखाउँछ । अहिले त्यो ठाउँमा बालुवामात्रै देखिन्छ । अधिकांश खेती पो उपत्यका वरिपरि हुन्छ । गहुँ, चामल र गोलभेँडासहित इटालीको खानाको लगभग ४० प्रतिशत यहाँ खेती गरिन्छ । खडेरीबाट किसानलाई खेती गर्न निकै समस्या भएको छ । बालीका लागि पर्याप्त पानी छैन । जलवायु परिवर्तनको असर विश्वका धेरै ठाउँमा देखिएको छ ।

कतै बाढी त कतै खडेरी । युरोपेली मुलुक इटालीमा यो वर्ष निकै कम वर्षा भएको छ । यही कारण देशका धेरै ठाउँमा खडेरी देखिन थालेको र इटालीकै लामो नदी पनि यसबाट अछुतो रहन नसकेको वातावरणविद्को भनाइ छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?