बाबुरामद्वारा समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक आह्वान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक आह्वान गर्नुभएको छ ।

अध्यक्ष उपेन्द्र यादवले बिरगञ्जमा २७–२८ गते केन्द्रिय कार्याकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक बोलाउनुभएको हो ।

‘पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रिय समितिको विस्तारित बैठक बोलाईएको हो’ केन्द्रिय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार केन्द्रिय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ ।

आन्तरिक कलहमा होमिईरहेको बेला अध्यक्ष यादवले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर तीन जना मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाए पछि जसपा नेपाल थप विवादमा भईरहेको बेला अध्यक्ष भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक बोलाउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?