दूषित पानी उत्पादन गर्ने अन्नपूर्ण सिलबन्दी

Read Time = 3 mins

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०७९ असार १ गतेदेखि २० गतेसम्म दुई सय ७८ फर्म अनुगमन गरी ८७ फर्मलाई विभिन्न कसुरमा २५ लाख ७५ हजार रुपैयाँ जरिवाना गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि २०७९ असार २० गतेसम्म कुल तीन सय ३४ व्यापारिक फर्म अनुगमन गरी १३ सय एक फर्मलाई विभिन्न कसुरमा कुल एक करोड ७७ लाख ८१ हजार रुपैयाँ जरिवाना गरिएको र चालु आवको हालसम्म म्याद नाघेका ५४ लाख ६० हजार आठ सय ५२ रुपैयाँ मूल्य बराबरका मालवस्तु नष्ट गरिएको विभागका प्रवक्ता हरि पंगेनीले जानकारी दिनुभएको छ ।

अनुगमनका क्रममा विभागलाई प्राप्त उजुरीबमोजिम पाटन औद्योगिक क्षेत्र, ललितपुरस्थित अन्नपूर्ण इन्डस्ट्रिज(मिनरल वाटर उत्पादक) पनि कारबाहीमा परेको छ । उक्त कम्पनीले दूषित पानी उत्पादन गरी बिक्री गरेको तथ्य पत्ता लागेपछि तीन लाख रुपैयाँ जरिवानाका साथै उत्पादित पानी परीक्षणका लागि पठाइएको, ब्याच नम्बरका सम्पूर्ण मिनरल वाटर उत्पादनलाई बजारबाट फिर्ता गर्न लगाइएको पनि विभागले जनाएको छ । उत्पादित पानीको गुणस्तर सम्बन्धित निकायबाट परीक्षण गरी गुणस्तर कायम भएको प्रमाणपत्र पेश नगरेसम्मका लागि उत्पादित वस्तु रोक्का राखी उद्योग सिलबन्दी गरिएको विभागद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै नागार्जुन नगरपालिका-६ स्थित श्यामेश्वर फार्मेसीलाई पनि दुई लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । १७ व्यावसायिक फर्म अनुगमन गरिएकोमा विभिन्न आठ व्यावसायिक फर्मलाई छ लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?