युरोपका केही भाग बन्दै छन् सुक्खा : अध्ययन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

लन्डन । जलवायु परिवर्तनले हामी सबैलाई असर गरिरहेको छ । मानवताले सामना गरिरहेको समस्यालाई सम्बोधन गर्न तत्काल आवश्यकता रहेको अन्यथा पृथ्वीमा हाम्रो अस्तित्व खतरामा पर्नेछ ।

हामी डरलाग्दो भविष्यतर्फ जाँदैछौँ भन्ने एउटा पछिल्लो संकेतमा एउटा अध्ययनले स्पेन र पोर्चुगलका भागहरू विगत १२०० वर्षको तुलनामा सुक्खा भएको पत्ता लगाएको छ । सुख्खा हावापानीले यी दुई देशहरूमा मदिरा र ओलिभ उत्पादनलाई असर पार्ने सम्भावना छ ।

अनुसन्धानकतर्ताले एट्लान्टिक क्षेत्रमा घडीको दिशामा सर्ने एजोर्स हाइलाई अध्ययनको केन्द्र बनाएका थिए । एजोर्स हाई उच्च वायुमण्डलीय चापको क्षेत्र हो । यसलाई युरोपमा वर्षाको लागि ‘गेटकीपर’ भनिन्छ ।

युरोपमा हिउँदे वर्षा एजोर्स हाउका कारणले हुन्छ । यसले महादेशमा पश्चिमी हावाहरू भित्र पठाउँछ । यस घटनाको अध्ययन अमेरिकाका अनुसन्धानकर्ताहरूले गरेका थिए र नेचर जियोसाइन्स जर्नलमा प्रकाशित छ ।

उच्च-दबाव प्रणालीसमेत भनिने एजोर्स हाई गत शताब्दीमा नाटकीय रूपमा परिवर्तन भएको छ र उत्तरी एट्लान्टिक जलवायुमा यी परिवर्तनहरू विगत सहस्राब्दीमा अभूतपूर्व भएको अध्ययनले पत्ता लगाएको छ । यस अध्ययनमा जलवायु मोडेल सिमुलेसन प्रयोग गरिएको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?