अर्थमन्त्री जनार्दन शर्माबारे संसदीय छानविन समिति बनाउन माओवादी तयार

Read Time = 1 min
A A- A+

काठमाडौं । अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएकोबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार देखिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आजको संसद बैठकमा आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ ।

सो दिनको सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको आलोचना भैरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?