छानबिन समितिलाई मद्दत गर्नको लागि राजीनामा दिएको हुँः अर्थमन्त्री शर्मा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट राजीनामा दिएको स्पष्ट पार्नुभएको छ ।

संसद बैठकमा राजीनामा दिएको घोषणापश्चाद् संसद बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले यस्तो बताउनु भएको हो । उहाँले आफूले बजेट निर्माण
गर्दा कुनैपनि गल्ति नगरेको दोहोर्याउँदै प्रश्न उठेको विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत गर्ने बताउनु भयो ।

अर्थमन्त्री शर्माले छानबिन समितिले गरेको छानबिनबाट आउने कुराले आफूले गरेको आत्माविश्वास प्रष्ट हुने बताउनु भयो । उहाँले स्थापित मूल्य,मान्यता,विधि, पद्धतीका आधारमा बजेट प्रश्तुत र निर्माण गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले केही गल्ति गरेको छैन । जे विषय उठेको छ । त्यो विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत पुगोस् भनेर मैले राजीनामा दिएको छु ।

छानबिन हुन्छ, छानबिनले ल्याएका कुराहरु जनतासमक्ष आउँछ । सत्यतथ्य जनता समक्ष आउँछ । मैले गरेको आत्माविश्वास के हो भन्ने कुरा त्यतिबेला प्रष्ट हुन्छ । छानबिन समितिलाई सजिलो पार्न छानबिनलाई मद्दत गर्न, सत्यतथ्य संसदसमक्ष ल्याउनका लागि मैले राजीनामा दिएको हो । मैले बजेट निर्माण गर्दा कुनैपनि गल्ति गरेको छैन । स्थापित मूल्य,विधि, पद्धतीका आधारमा बजेट प्रस्तुत र निर्माण भएको छ । जुन किसिमले विषय उठाइएको छ, त्यसले आम जनतामा भ्रम परेको छ । भ्रम निवारण छानबिनबाट हुनेछ ।’

अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनैतिक काम भयो भनेर जनतामा भ्रम सिर्जना गर्ने काम भएकाले छानबिनपछि जनतामा भएको भ्रम हट्ने विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?