काठमाडौं । गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।
जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो ।
जापानको नारामा आयोजना गरिएको एक चुनावी सभालाई सम्बोधन गरिरहनु भएको बेला एक हमलाकारीले उहाँमाथि गोली प्रहार गरेका थिए । गोली लागेर गम्भीर घाइते हुनुभएको पूर्वप्रधानमन्त्री आबेको उपचारका क्रममा निधन भएको हो ।
उहाँलाई छातीमा गोली लागेको थियो । तत्काल एम्बुलेन्समा हालेर उहाँलाई अस्पताल लगिएकाे थियो ।
नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा ६७ वर्षिय आबे भाषण गरिरहनु भएको थियो ।
आबेले सन् २००६ र सन् २०१२ मा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हाल्नुभएको थियो ।
आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच