ट्याक्टर दुर्घटनामा दुईको मृत्यु ४२ जना घाइते

Read Time = 1 min

भोजपुर । संखुवासभाको चैनपुर नगरपालिका- १० स्थित लेगुवा खाँदबारी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो १ बजे मलामी बोकेर पिलुवा खोलामा गई दाह संस्कार गरी फर्कदै गरेको को। २ त ३९६१ नम्बरको ट्रयाक्टर सडकको साइडमा पल्टेर दुर्घटना हुँदा ट्रयाक्टरमा सवार ४४ जना घाइते भएको संखुवासभा प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट घाइतेहरुलाई तत्काल उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा चैनपुर-१० का २४ बर्षीय गंगा बहादुर तामाङ र चैनपुर ९ का ४६ बर्षीय केशब कार्कीको भने मृत्यु भएको छ ।

ट्याक्टर चालक मोहन कुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?