विम्बल्डनस् जोकोभिच फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बेलायतका क्यामरुन नोरीलाई हराउँदै साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शुक्रबार राति नवौं वरीयताका क्यामरुनमाथि २-६, ६-३, ६-२, ६-४ को सेट पराजित गरे ।

अब, आइतबार हुने फाइनल खेलमा जोकोभिचले उपाधिका लागि निक किर्गियोससँग खेल्ने छन् ।

यसअघि, स्पेनिस टेनिस स्टार राफेल नाडाल पेटको चोटका कारण विम्बल्डनको सेमिफाइनलबाट नाम फिर्ता लिएका छन् । सेमिफाइनलमा शुक्रबार नाडालले निक किर्गियोसको सामना गर्ने तालिका थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?