बुटवल । नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन हुनुभएको छ । शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले संघीय सांसदसमेत रहेका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
यसअघि प्रदेश अध्यक्षमा रहेका मेटमणि चौधरी सहरी विकासमन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरिएको बताइएको छ ।
पार्टीले केन्द्र र प्रदेश कमिटीमा रहेका केही नेताको भूमिका समेत हेरफेर गरेको छ । प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले जिल्ला अध्यक्षको जिम्मेवारी छाड्नु भएको छ। रुपन्देही अध्यक्षमा अविराम विक चयन हुनु भएको छ। विक यसअघि जिल्ला सचिव हुनुहुन्थ्यो ।
रुपन्देही उपाध्यक्ष रहनुभएका सिद्धिचरण भट्टराईले लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएपछि पार्टीको जिम्मेवारी छाड्नु भएको छ। उपाध्यक्षमा श्रीराम यादव र चिनबहादुर गुरुङ, सचिवमा सरिता श्रीश, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मिरा श्रेष्ठ चयन हुनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच