आधुनिकताले बिगारेको पिण्डेश्वर मन्दिर प्राचीन स्वरूपमा

हिमालय टाइम्स
Read Time = 16 mins

-हर्ष सुब्बा

धरान । बाह्रौँ शताव्दीमा बनेको मानिने धरान स्थित पिण्डेश्वर मन्दिरको प्राचीन स्वरूपलाई पुनःस्थापना गरिएको छ। ठुल्ठूला ढुङ्गाले बनेको मुख्य मन्दिरमा पछिल्लो कालखण्डमा सिमेन्टको प्लाष्टर सहित रङ्गरोगन गरिदै आउँदा यसको मौलिक स्वरूप छोपिएको थियो। पुरातत्व विभागले पहिलो पटक जिर्णोद्धारका लागि बजेट छुट्याइएको पिण्डेश्वर मन्दिरलाई मौलिक स्वरूप दिइएको हो।

मन्दिर परिसरमा सम्वत् १२५२ मा पहिलो पटक चढाएको घण्ट छ। घण्टमा लेखिएको अंक बुझिए पनि लिपि बुझिन्न। नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले विक्रम सम्वत् १८८४ मा चढाएको घण्ट छ। उक्त सम्वत्‌लाई आधार मान्दा पिण्डेश्वर मन्दिरको निर्माण बराहक्षेत्र मन्दिर भन्दा अगावै भएको अनुमान इतिहासकारहरूले गरेका छन्। विक्रम सम्वत् १९९० सालको भुइँचालोमा भत्किए पछि १९९१ सालमा बराहक्षेत्र मन्दिरको पुनःनिर्माण प्रधानमन्त्री जुद्धशमशेरले गराएको शिलालेख छ।

पिण्डेश्वर परिसर स्थित छुट्टै मन्दिरमा रहेको बाह्रौ शताब्दीको अष्टभुजा भगवतीको मूर्ति (पञ्चायतकालमा चोरी भएको) सहित परिसरमा पुरातात्विक महत्वका निकै प्राचीन मूर्तिहरू छन्। मन्दिरका एक पुजारी गोकुल पोखरेलका अनुसार नब्बे सालको भूकम्पले पनि मन्दिरको प्राचीन संरचनालाई कुनै क्षति पुर्‍याएको सुनिएको छैन्। रङ्गरोगनले छोपिएको ठूला ठूला डुङ्गाबाट निर्मित पिण्डेश्वरको मुख्य मन्दिर अहिले पहिलाको जस्तै देखिने बनाइएको छ।

धरान उपमहानगरपालिका इञ्जिनीयर हस्त राईले पोहोर साल गरेको प्राविधिक अध्ययनमा मन्दिर ४८ इञ्च मोटाइ ५२ इञ्च चौडाइ व्यासमा कटिङ गरिएको सग्लो ढुङ्गाको पर्खालले बनेको पाइएको छ। मन्दिरको गुम्बज पनि ढुङ्गाले बनेको छ। रातो रङ्ग लगाइएको ढोकाको चौखट समेत ढुङ्गाले बनेको छ। मन्दिर बनेको पर्खालमा ढुङ्गा जोड्न कुनै पदार्थ प्रयोग गरिएको छैन्। राईका अनुसार पछि सिमेन्टको प्लाष्टर गरिएकाले झट्ट हेर्दा मुख्य मन्दिर अन्य नयाँ मन्दिरहरू जस्तै सामान्य देखिँदै आएको थियो।

जिर्णोद्धार कार्यमा खटिरहेका कामदार राजन राईका अनुसार मुख्य मन्दिरको बाहिरी भागमा लगाइएको प्लाष्टर सुरक्षित ढङ्गमै सफा गर्न मात्र कुल १४ दिन लाग्यो। बाह्रौ शताव्दीको शैलीमा बनेको गुम्बजको चौतर्फि फेदीमा १२८ वटा शिव भगवानका नन्दी लगायत भूतप्रेतका आकृतिहरू सबै रङ्गरोगनले पुरिएका थिए। ती कलात्मक ससाना मुर्तिहरूको आकृतिहरू मिहिनेतका साथ अहिले प्रष्ट देखिने बनाइएका छन्।

पुजारी पोखरेलका अनुसार उक्त जिर्णोद्धार कार्यका लागि पुरातत्व विभागले १० लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिएको छ। विभागबाटै टेन्डर आव्हान गरी ठेकेदार मार्फत काम गराइएको बताउँदै उहाँले भन्नुभयो, ‘पहिले देखी जिर्णोद्धारका लागि आग्रह गर्दै आएको काम भने भएन।’ मुख्य मन्दिर ढुङ्गाको बलियो भएपनि पछिबाट इट्टा, सुर्कीचुनाले बनेको अनुमान गरिएको ७ वटा देवालय कोठाहरू सहितको परिक्रमास्थल पटक पटकको भूकम्पले जीर्ण बनिसकेको छ।

उहाँका अनुसार परिक्रमास्थलमा पचास जना मानिस पनि अट्दैनन्। परिक्रमास्थल जिर्णोद्धार गरी फराकिलो बनाइदिन पुरातत्व विभागलाई पटक पटक आग्रह गर्दै आएको पोखरेलको कथन छ। नन्दी मुख्य मन्दिरको द्वार अघि हुनुपर्नेमा बाहिर पुगेको छ। भौतिक संरचना जथाभावी बनाउँदा ढोका बाहिर परिएको छ। उहाँको भनाई छ ‘नन्दीलाई मुख्य मन्दिर अघि पर्नेगरी परिक्रमास्थल भित्र पर्ने गरी जिर्णोद्धार हुनुपर्दछ।’ विभागको स्वीकृति बिना परिक्रमास्थल क्षेत्रमा मर्मतको काम गर्न पाइन्न।

तीन दशक यता पिण्डेश्वर मन्दिर बाबाधामको रूपमा प्रसिद्ध भई बर्सेनी साउनको प्रत्येक सोमवार एकै दिन दशौँ हजार श्रद्धालुहरू सप्तकोसीको जल लिएर अभिषेकका लागि आउने गर्दछन्। मुख्य मन्दिरसँगै जोडेर विभिन्न संरचना बनेकाले दर्शनार्थीलाई परिसरमा व्यवस्थित गर्न कठिन हुँदै गएको छ। यसरी आउने तीर्थालुहरूको संख्या कोरोना काल अघि बर्सेनी ५ लाखको हाराहारीमा पुग्ने गरेको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ। कोरोना महामारी पछि यसपालि बोलबम मेलाका लागि पिण्डेश्वरमा तयारीका साथै बाहिरी जिल्लाहरूमा प्रचारका कार्य थालिएको छ।

‍नेपालको पर्यटनको मुख्य आधार हिमाल पछि धार्मिकस्थल, ऐतिहासिक, पुरातात्विक स्थलहरूनै देखिएका छन्। तर काठमाडौँ बाहिरको महत्वपूर्ण तीर्थस्थलहरूको पूर्वाधारको विकास, सम्भार र जिर्णोद्धार भने उपेक्षित छन्। नेपालमा धार्मिक पर्यटनको नयाँ लहर सुरुआत गरेको पिण्डेश्वर बाबाधामले पूर्वमा पर्यटनको उद्धार त गरे, जिर्णोद्धार नहुँदा उसैको भने उद्धार हुनसकेको छैन्। पूर्वीय धर्मशास्त्रहरूमा महादेव शिवलाई अलौकिक शक्तिमान रुपमा वर्णन गरिएको छ। शिवले देवदानव युद्धमा पराजित भएपछि पृथ्वी मथेर अमृत निकाल्दा बनेको कालकुट विष पिए। मानव उद्धारका लागि उनले निलकण्ठ अवतार लिएको वर्णन गरिन्छ। त्यही अमृतपिण्ड बाट शिवले आफै स्थापना गरेको आस्थाले साउन महिनामा त्यस्तो ठाउँ हेर्नआउनेहरू एक किलोमिटर लामो लाइनमा उभिएका देखिन्छन्।

बाह्रौँ शताव्दीमा बनेको मानिने धरानस्थित पिण्डेश्वर मन्दिरको प्राचीन स्वरूपलाई पुनःस्थापना गरिएको छ। ठुल्ठूला ढुङ्गाले बनेको मुख्य मन्दिरमा पछिल्लो कालखण्डमा सिमेन्टको प्लाष्टर सहित रङ्गरोगन गरिदै आउँदा यसको मौलिक स्वरूप छोपिएको थियो। पुरातत्व विभागले पहिलो पटक जिर्णोद्धारका लागि बजेट छुट्याइएको पिण्डेश्वर मन्दिरलाई मौलिक स्वरूप दिइएको हो।

मन्दिर परिसरमा सम्वत् १२५२ मा पहिलो पटक चढाएको घण्ट छ। घण्टमा लेखिएको अङ्क बुझिए पनि लिपि बुझिन्न। नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले विक्रम सम्वत् १८८४ मा चढाएको घण्ट छ। उक्त सम्वत्‌लाई आधार मान्दा पिण्डेश्वर मन्दिरको निर्माण बराहक्षेत्र मन्दिर भन्दा अगावै भएको अनुमान इतिहासकारहरूले गरेका छन्। विक्रम सम्वत् १९९० सालको भुइँचालोमा भत्किए पछि १९९१ सालमा बराहक्षेत्र मन्दिरको पुनःनिर्माण प्रधानमन्त्री जुद्धशमशेरले गराएको शिलालेख छ।

पिण्डेश्वर परिसरस्थित छुट्टै मन्दिरमा रहेको बाह्रौ शताब्दीको अष्टभुजा भगवतीको मूर्ति (पञ्चायतकालमा चोरी भएको) सहित परिसरमा पुरातात्विक महत्वका निकै प्राचीन मूर्तिहरू छन्। मन्दिरका एक पुजारी गोकुल पोखरेलका अनुसार नब्बे सालको भूकम्पले पनि मन्दिरको प्राचीन संरचनालाई कुनै क्षति पुर्‍याएको सुनिएको छैन्। रङ्गरोगनले छोपिएको ठूला ठूला डुङ्गाबाट निर्मित पिण्डेश्वरको मुख्य मन्दिर अहिले पहिलाको जस्तै देखिने बनाइएको छ।

धरान उपमहानगरपालिका इञ्जिनीयर हस्त राईले पोहोर साल गरेको प्राविधिक अध्ययनमा मन्दिर ४८ इञ्च मोटाइ ५२ इञ्च चौडाइ व्यासमा कटिङ गरिएको सग्लो ढुङ्गाको पर्खालले बनेको पाइएको छ। मन्दिरको गुम्बज पनि ढुङ्गाले बनेको छ। रातो रङ्ग लगाइएको ढोकाको चौखट समेत ढुङ्गाले बनेको छ। मन्दिर बनेको पर्खालमा ढुङ्गा जोड्न कुनै पदार्थ प्रयोग गरिएको छैन्। राईका अनुसार पछि सिमेन्टको प्लाष्टर गरिएकाले झट्ट हेर्दा मुख्य मन्दिर अन्य नयाँ मन्दिरहरू जस्तै सामान्य देखिँदै आएको थियो।

जिर्णोद्धार कार्यमा खटिरहेका कामदार राजन राईका अनुसार मुख्य मन्दिरको बाहिरी भागमा लगाइएको प्लाष्टर सुरक्षित ढङ्गमै सफा गर्न मात्र कुल १४ दिन लाग्यो। बाह्रौ शताव्दीको शैलीमा बनेको गुम्बजको चौतर्फि फेदीमा १२८ वटा शिव भगवानका नन्दी लगायत भूतप्रेतका आकृतिहरू सबै रङ्गरोगनले पुरिएका थिए। ती कलात्मक ससाना मुर्तिहरूको आकृतिहरू मिहिनेतका साथ अहिले प्रष्ट देखिने बनाइएका छन्।

पुजारी पोखरेलका अनुसार उक्त जिर्णोद्धार कार्यका लागि पुरातत्व विभागले १० लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिएको छ। विभागबाटै टेन्डर आव्हान गरी ठेकेदार मार्फत काम गराइएको बताउँदै उहाँले भन्नुभयो, ‘पहिले देखी जिर्णोद्धारका लागि आग्रह गर्दै आएको काम भने भएन।’ मुख्य मन्दिर ढुङ्गाको बलियो भएपनि पछिबाट इट्टा, सुर्कीचुनाले बनेको अनुमान गरिएको ७ वटा देवालय कोठाहरू सहितको परिक्रमास्थल पटक पटकको भूकम्पले जीर्ण बनिसकेको छ।

उहाँका अनुसार परिक्रमास्थलमा पचास जना मानिस पनि अट्दैनन्। परिक्रमास्थल जिर्णोद्धार गरी फराकिलो बनाइदिन पुरातत्व विभागलाई पटक पटक आग्रह गर्दै आएको पोखरेलको कथन छ। नन्दी मुख्य मन्दिरको द्वार अघि हुनुपर्नेमा बाहिर पुगेको छ। भौतिक संरचना जथाभावी बनाउँदा ढोका बाहिर परिएको छ। उहाँको भनाई छ ‘नन्दीलाई मुख्य मन्दिर अघि पर्नेगरी परिक्रमास्थल भित्र पर्ने गरी जिर्णोद्धार हुनुपर्दछ।’ विभागको स्वीकृति बिना परिक्रमास्थल क्षेत्रमा मर्मतको काम गर्न पाइन्न।

तीन दशक यता पिण्डेश्वर मन्दिर बाबाधामको रूपमा प्रसिद्ध भई बर्सेनी साउनको प्रत्येक सोमवार एकै दिन दशौँ हजार श्रद्धालुहरू सप्तकोसीको जल लिएर अभिषेकका लागि आउने गर्दछन्। मुख्य मन्दिरसँगै जोडेर विभिन्न संरचना बनेकाले दर्शनार्थीलाई परिसरमा व्यवस्थित गर्न कठिन हुँदै गएको छ। यसरी आउने तीर्थालुहरूको संख्या कोरोना काल अघि बर्सेनी ५ लाखको हाराहारीमा पुग्ने गरेको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ। कोरोना महामारी पछि यसपालि बोलबम मेलाका लागि पिण्डेश्वरमा तयारीका साथै बाहिरी जिल्लाहरूमा प्रचारका कार्य थालिएको छ।

‍नेपालको पर्यटनको मुख्य आधार हिमाल पछि धार्मिकस्थल, ऐतिहासिक, पुरातात्विक स्थलहरूनै देखिएका छन्। तर काठमाडौँ बाहिरको महत्वपूर्ण तीर्थस्थलहरूको पूर्वाधारको विकास, सम्भार र जिर्णोद्धार भने उपेक्षित छन्। नेपालमा धार्मिक पर्यटनको नयाँ लहर सुरुआत गरेको पिण्डेश्वर बाबाधामले पूर्वमा पर्यटनको उद्धार त गरे, जिर्णोद्धार नहुँदा उसैको भने उद्धार हुनसकेको छैन्। पूर्वीय धर्मशास्त्रहरूमा महादेव शिवलाई अलौकिक शक्तिमान रुपमा वर्णन गरिएको छ। शिवले देवदानव युद्धमा पराजित भएपछि पृथ्वी मथेर अमृत निकाल्दा बनेको कालकुट विष पिए। मानव उद्धारका लागि उनले निलकण्ठ अवतार लिएको वर्णन गरिन्छ। त्यही अमृतपिण्ड बाट शिवले आफै स्थापना गरेको आस्थाले साउन महिनामा त्यस्तो ठाउँ हेर्नआउनेहरू एक किलोमिटर लामो लाइनमा उभिएका देखिन्छन्।

श्रोत : आइएनएस/स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?