नेपालले नामिबियासँग प्रतिष्पर्धा गर्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्दी नामिबियाको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे स्कटल्याण्डमा हुनेछ ।

यो सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा आज नामिबियालाई हराउँदै सुखद् नतिजाको दाउमा रहेको छ । सिरिजको पहिलो खेलमा भने नामिबिया आयोजक स्कटल्याण्डसँग पराजित भएको थियो ।

लिग टूको अंक तालिकामा नेपाल १६ खेलबाट १५ अंकसहित पाचौं स्थानमा रहेको छ भने नामिबिया १५ खेलबाट १४ अंकसहित छैटौं स्थानमा छ ।

सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डसँग जुलाई १३, चौथो खेल नामिबियासँग जुलाई १६ र अन्तिम खेल आयोजक स्कटल्याण्डसँग जुलाई १७ मा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?