कोका-कोलाको ‘चिल एण्ड विन’ क्याम्पेन

Read Time = 2 mins

काठमाडौं । कोका-कोलाले आफ्ना उपभोक्ताका लागि यस वर्षको सबैभन्दा ठूलो प्रमोसनल क्याम्पेन ‘चिल एण्ड विन’ ल्याएको छ । कोका–कोलाको यो क्याम्पेनले उपभोक्तालाई स्मार्टफोन र मोबाइल रिचार्जलगायतका उत्कृष्ट उपहार जित्ने सुनौलो अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो कोका-कोला नेपालको हालसम्मकै सबैभन्दा ठूलो प्रमोसनल क्याम्पेन हो ।

अफर स्प्राइट र फ्यान्टाको पेट बोतलमा पनि उपलब्ध रहेको छ । युनिक कोडका लागि विशेषरूपमा चिहृन लगाइएको पेट बोतलको लेबलमा वा आरजिबी बोतलको क्राउनमुनि चेक गर्नुपर्नेछ । क्याम्पेनको वेबसाइटमा कोड राखेर वा एसएमएसमार्फत् कोड पठाएर प्रत्येक दिन एक स्मार्टफोन जित्ने मौका पाइनेछ । सहभागीले पाँच सयसम्मको मोबाइल रिचार्ज पनि जित्न सक्नेछन् ।

अफर कोका-कोला, स्प्राइट र फ्यान्टाको एक सय ७५ मिलि तथा दुई सय ५० मिलिको सिसाको बोतल र दुई सय ५० मिलि तथा पाँच सय मिलि पेट बोतलमा लागू हुने कम्पनीले जनाएको छ । उपभोक्तालाई पुरस्कार दाबी गर्न सजिलो होस् भन्ने उद्देश्यले कम्पनीले डिजिटल पेमेन्ट पार्टनर खल्तीसँग सहकार्य गरेको छ । बढ्दो गर्मीलाई लक्षित गरेर ल्याइएको क्याम्पेन असार ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?