जिसस र प्रदेशको विपक्षमा गोकुल बाँस्कोटा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय सभालाई राष्ट्रिय समावेशी सभा र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित मात्रको सभा बनाउनु पर्ने बताउनुभएको छ ।

मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै बाँस्कोटाले यस्तो बताउनुभएको हो । उहाँले यो भन्दा अग्रगामी कदम अरू नहुने समेत बताउनुभएको छ ।

उहाँले संघीयता खारेज भयो भने खतमै हुने बताइरहेको भन्दै शक्तिशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश नचाहिने बताउनुभयो ।

उहाँले लेख्नुभएको छ, ‘एकदुई संघीयताका फण्डीते पण्डीतका गुनासो सुनियो-यो गयो भने खतमै हुन्छ रे ! तर शक्तीशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश किन चाहियो ? बरु राष्ट्रिय सभामा केही सीट थपेर राष्ट्रिय समावेसी सभा बनाऔ र प्रतिनीधिसभालाइ प्रत्यक्ष निर्वाचित मात्रको बनाऔ। अग्रगामी कदम नै यही हो।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?