ओलीलाई भेट्न बालकोट जाँदै चिनियाँ नेता लिउ, निवासमै लन्च मिटिङ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चारदिने नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्द गर्दै हुनुहुन्छ ।

ओली निवास बालकोटमा विहान १० बजे भेट हुन लागेको एमाले विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले जनाकारी दिनुभयो। ओली निवासमा लिउको लन्च मिटिङ हुने छ।

उहाँले आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट्ने कार्यक्रम छ। दिउँसो १ बजे होटल एभरेष्ट बानेश्वरमा दुई नेतासँग भेट्ने कार्यक्रम रहेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

आइतबार काठमाडौं आइपुग्नुभएका लिउले त्यही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग भेट गर्नुभएको थियो । त्यस्तै उहाँले सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको थियो ।

लिउले बुधबार राष्ट्रपति भण्डारीसँग भेट गरेपछि स्वदेश फर्किने कार्यक्रम छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?