काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको आजलाई तय गरेको बैठक पनि स्थगित भएको छ । सभामा गण पुरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले सभा स्थगित भएको घमेषणा गर्नुभएको हो ।
प्रदेशसभा बैठक बस्न संसदको एक तिहाई अर्थात १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि सो संख्या नपुगेकाले बैठक स्थगित गरिएको सभामुख थापाले जानकारी दिनुभयो ।
निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरू भएको बैठकलाई प्रतिपक्ष दल एमाले, जसपा र लोसपाले बहिस्कार गरे भने सत्तारूढ दलका प्रदेशसभा सदस्य पनि अनुपस्थित रहे ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता पठानसिंह बोहराका अनुसार सरकारका अर्थमन्त्री प्रकाश रावलले आज प्रतिपक्ष दलसँग छलफल गर्ने बताउनु भएको थियो । जसका कारण आफूहरूले प्रदेशसभा बैठक बहिस्कार गरेको बोहराले बताउनुभयो ।
नेपाली कांग्रेसले भने सदनमा बजेट कार्यक्रम सच्याउने भन्ने प्रतिबद्धता आए मात्रै बजेटमा समर्थन गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले सदनमा बजेट सच्याउने प्रतिबद्दता आए समर्थन गरेर जाने निर्णय भएको बताउनुभयो । कांग्रेस संसदीय दलको बैठक आज बिहान बसेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका