सिड्नी । अष्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि ‘डिस्पोजेबल भेप’को आयातमा प्रतिबन्ध लगाउने मंगलबार घोषणा गरेको छ । सरकारको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका छन् । स्वास्थ्यमन्त्री मार्क बटलरले एकल प्रयोग भेपमाथि रोक लगाउनुको उद्देश्य युवा वर्गमा भ्यापिङमा बढ्दै गएको ‘वास्तविक’ वृद्धिलाई उल्ट्याउनु रहेको बताउनुभएको छ । अष्ट्रेलियाले पहिलो पटक मेमा भेपको आयातमा प्रतिबन्ध लगाउने खुलासा गरेको भए पनि अहिलेसम्म सुरु मिति बताएको थिएन ।
लामो समयसम्म धूम्रपान गर्नेहरूलाई छाड्न सहयोग गर्ने तरिकाका रूपमा सरकारहरूलाई भेपिङ बिक्री गरिएको मन्त्री बटलरले बताउनुभयो । ‘यसलाई एउटा मनोरञ्जक उत्पादनका रूपमा बिक्री गरिएको थिएन, विशेषगरी हाम्रा बालबालिकालाई लक्षित गरिएको थिएन तर यो त्यही बन्यो’, उहाँले भन्नुभयो, ‘अधिकांश भेपमा निकोटिन हुन्छ र बालबालिका दुव्र्यसनी बन्दैछन् ।’
१४ देखि १७ वर्ष उमेर समूहका करिब सात बालबालिकामा एकजनाले भेप प्रयोग गर्ने गरेको सरकारले एक विज्ञप्तिमा बताएको छ । विज्ञप्तिमा ‘तर्कसंगत प्रमाण’ लाई उद्धृत गर्दै भेप प्रयोग गर्ने युवा अष्ट्रेलियालीहरूमा धूम्रपान गर्ने सम्भावना करिब तीन गुणा अधिक हुने बताइएको छ । सरकारले अष्ट्रेलियामा डिस्पोजेबल भेपको उत्पादन, विज्ञापन वा आपूर्तिलाई गैरकानुनी घोषणा गर्न सन् २०२४ मा कानुन पनि ल्याइने बताएको छ ।
भेपमाथिको आयात प्रतिबन्धलाई अस्ट्रेलियाली मेडिकल एसोसिएसनले स्वागत गरेको छ । ‘अष्ट्रेलिया धूम्रपानको दर र त्यसपछि हुने स्वास्थ्य हानिलाई कम गर्न विश्वमा अग्रणी रहेको छ, त्यसैले भेपिङलाई रोक्न र भविष्यको हानिलाई रोक्न सरकारको निर्णायक कदम अत्यन्त स्वागतयोग्य छ’, एसोसिएसनका अध्यक्ष स्टिभ रोब्सनले भन्नुभयो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच