काठमाडौं । पुँजी बजारमा सामान्य सुधार देखिएको छ । यस दिन नेप्से ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा आएको छ । तीन दिन लगातार दबाब खेपेको बजारले मंगलबार भने सकारात्मक संकेत दिएको हो ।
विगत ११ महिनादेखि समग्रमा बजार डाउन ट्रेन्डमा छ । करिब ३२ सय हाराहारीमा पुगेपछि बजारले ओरालो यात्रा समाएको हो । यसबीचमा नेप्से कहिलेकाहीँ बढे पनि औसतमा तलै झर्ने प्रवृत्तिमा देखियो । बजारले करिब १८ खर्ब रुपैयाँ बजार पुँजीकरण गुमायो । सेयर भाउहरू ७०५ सम्म घट्यो । ५२ साताको औसत मूल्यभन्दा पनि भाउ तल आइसकेको छ ।
यतिबेला सेयर बजार मौद्रिक नीतिको पर्खाइमा छ । नयाँ नीतिबाट सेयर धितो कर्जामा ४–१२ करोडको सीमा हटेमा बजारले गति लिन सक्ने अनुमान गरिएको छ । यस्तै, बजारको दिगो सुधारका लागि वित्तीय प्रणालीमा पर्याप्त तरलता र ब्याजदर सस्तो हुनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच