रुस-युक्रेन खाद्यन्न वार्ता इस्तानबुलमा

हिमालय टाइम्स
Read Time = 2 mins

मस्को । रुसी र युक्रेनी अधिकारीहरूले बुधबार इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन् ।

रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका बेला बुधबार दुई देशका प्रतिनिधिले टर्कीको इस्तानबुलमा बार्ता गर्न लागेका हुन् । रुसले आफ्नो लाखौँ टन खाद्यान्न चोरेको किभले मस्कोमाथि आरोप लगाउँदै आएको छ ।

गहुँ र अन्य अन्नका लागि युक्रेन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता हो । तर, ब्ल्याक सीमा रूसी युद्धपोतले युक्रेनी ढुवानी अवरुद्ध गरेको छ । अत्यावश्यक खाद्यान्न व्यापार पुनः सुरु गर्ने प्रयास स्वरुप टर्कीले वार्ता आयोजना गरेको हो । वार्तामा संयुक्त राष्ट्र संघको प्रतिनिधिमण्डल पनि सहभागी हुनेछन् ।

पछिल्ला समयमा रुस युक्रेनविरुद्ध बढी आक्रमक भएको छ । पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रलाई रुसी सेनाले निशाना बनाएका छन् । पूर्वी युक्रेनको खेर्सनमा युक्रेनले रुसी हतियार भण्डारलाई ध्वस्त पारेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?