यस्तो छ तपाईंको श्रावण २९ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल श्रावण २९ गते आइतबार, ई.सं.-१४ अगष्ट जुलाई, २०२२ । तिथि- भाद्र कृष्णपक्ष तृतीया, नक्षत्र- पूर्वभाद्रपदा, योग- अतिगण्ड, करण- वव, चन्द्रराशि- कुम्भ, सूर्योदयः ५ः३४, सूर्यास्तः १८ः४१ ।

मेष : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

वृष : शरीरमा स्फूर्ति र उमंग कमी हुनेछ ।

मिथुन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कर्कट : विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।

सिंह : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

कन्या : नियमित खर्चसमेत बढ्ने योग छ ।

तुला : गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

वृश्चिक : सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ ।

धनु : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ ।

मीन : पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?