संसद बैठकमा नागरिकता विधेयक पेस हुँदै (कार्यसूचीसहित)

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज नागरिकता सम्बन्धी नयाँ विधेयक पेस हुँदैछ ।

बिहान ११ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र डा. भीम रावलले प्रस्तुत गर्नुभएको बिरोधको सूचनालाई निर्णयार्थ प्रश्तुत गर्ने, गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता विधेयक २०७९ पेस गर्नुहुने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राख्ने, राष्ट्रिय सभाको सन्देशसहितको नेपाल रेल्वे विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रश्तुत गर्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभाको सन्देशसहितको नेपाल रेल्वे विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय सभामा उत्पत्ति भएको औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्रिय सभामा उत्पत्ति भएको औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै स्वास्थ्यमन्त्री खापुङले राष्ट्रिय सभामा उत्पत्ति भएको औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्रिय सभामा उत्पत्ति भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्रिय सभामा उत्पत्ति भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र राष्ट्रिय सभामा उत्पत्ति भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

चार वर्षदेखि संसद्‌मा विचाराधीन नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक संसद्‌ सचिवालयमा दर्ता गराइसकेको छ ।

विधेयक पारित भएपछि नेपाली नागरिक आमाबाट नेपालमा जन्मिएर नेपालमै बसोवास गरिरहेका व्यक्तिहरूले बाबुको पहिचान नखुले पनि वंशजका आधारमा नागरिकता लिन पाउनेछन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?