१३३ जनालाई दिइयो वरिष्ठ अधिवक्ताको उपाधि, उपाधि पाउनेमा कानुनमन्त्रीदेखि सांसदसमेत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालतले १३३ जना अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ । बुधबार बसेको फुलकोर्टको निर्णयले कानुन व्यवसायीहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको सर्वोच्च अदालतले जनाएको छ ।

वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेमा कानुन न्याय तथा संघीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला, एमालेका सांसद कृष्णभक्त पोखरेल, पूर्व–महान्यायाधिवक्ता रमेश बडाललगायत हुनुहुन्छ । वरिष्ठताको उपाधि पाउनेमा नेपाल बार एसोसिएसनका निवर्तमान पदाधिकारीहरू समेत रहेका छन् । ईश्वरीप्रसाद भट्टराई, मानबहादुर रुम्दाली, गंगासागर खत्री लगायतले वरिष्ठताको उपाधि पाउनुभएको हो । त्यसैगरी बारकै पूर्व पदाधिकारीहरू टीकाराम भट्टराई, सुनिल पोखरेल लगायतले समेत वरिष्ठ अधिवक्ताको उपाधि पाउनु भएको छ ।

नेपाल ल क्याम्पसका प्राध्यापकहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिइएको छ । नेपाल ल क्याम्पसकै शिक्षक विजय मिश्र, नेपाल ल क्याम्पसकै क्याम्पस प्रमुख डा. दिनानाथ पराजुली लगायतलाई पनि वरिष्ठताको उपाधि दिइएको हो । त्यस्तै, महिला अधिकारकर्मी मीरा ढुंगानालाई पनि वरिष्ठताको उपाधि दिइएको छ ।

लामो समयपछि सर्वोच्चले वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो । वरिष्ठ अधिवक्ताको उपाधिका विषयमा नेपाल बार एसोसिएसनले पटक–पटक सर्वोच्चको ध्यानाकर्षण गराएको थियो । फुलकोर्टको बैठकले १५८२ देखि ५२०७ सम्मको प्रमाणपत्र रहेका कानुन व्यवसायीहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?