माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार दिल्ली जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत भ्रमणमा जाने हुनुभएको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयले भारतको एक राजनीतिक कार्यक्रममा भोलि त्यसतर्फ जान लागेको जानकारी दिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमण हुन लागेको हो।

उहाँको भ्रमण आकस्मिक नभएको पनि सचिवलायले जनाएको छ। तर वाम एकताका लागि जोड दिएको चिनियाँ टोलीको भ्रमण लगत्तै अध्यक्ष भारत भ्रमणमा जानुलाई महत्वका साथ हेरिएको छ।

भारतमा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने पनि काठमाडौंस्थित भारतीय दुतावास स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रचण्डको भेटवार्ताको चाजोपाँजो मिलाइँदैछ । यस भ्रमण बारे दुवै पक्षले औपचारिक जानकारी गराएका छैनन् ।

प्रचण्डको भारत भ्रमण अगाडि नै प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा पनि दिल्लीमा नै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?