कांग्रेस केन्द्रीय समिति बैठकले सरकारले गरेका कामका बारेमा साउन १–२ गते निष्कर्ष निकाल्ने

Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकमा आगामी निर्वाचनका बारेमा छलफल भएको छ ।

बिहीवार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्यसमितिको चौथो दिनको बैठकमा आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रिय सदस्यहरुले आफ्ना कुरा राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो । उहाँले पार्टीलाई सुदृढ बनाउँदै जाने बारेमा पनि छलफल भएको बताउनु भयो । प्रवक्ता महतले आजको बैठकमा सरकारले वर्ष दिनमा गरेको कामका बारेमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुँदागत रुपमा जानकारी गराउनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठक चालु छ । सबैको चासो चिन्ता, पार्टीलाई अब कसरी राम्रो बनाउने, निर्वाचनमा कसरी पार्टीले सफलता हासिल गर्ने, साथै देशको समसामयिक विषय, जनताका पीर, मर्का, चासो र चिन्ताका विषयहरुमा छलफल भएको छ । सरकारले गरेका कामका विषयमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुँदागत रुपमा कुरा राख्नुभयो । साउन १ वा २ गते अन्तिम निस्कर्ष निकालेर निर्णय गर्छौं ।’

प्रवक्ता महतले पार्टीले साउन १ वा २ गते अन्तिम निस्कर्ष निकालेर निर्णय गर्ने जनकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?