७२ वर्षीया महिलाद्वारा साइकलबाट अमेरिकाको उत्तरदेखि दक्षिणसम्म यात्रा

हिमालय टाइम्स
Read Time = 2 mins

लस एञ्जलस । अमेरिकाकी ७२ वर्षीया महिलाले साइकलबाट अमेरिकाको उत्तरदेखि दक्षिणसम्म यात्रा गरेर गिनिज वल्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ । लिन्नी साल्भोलाई दुई हजार ८३ माइल लामो यात्रा पूरा गर्न ४३ दिन लागेको थियो । पाको उमेरमा यो यात्रा पूरा गरेको कारण गिनिज उपाधि हासिल गर्नुभएकी उहाँले क्यालिफोर्नियाका सान सिट्रोमा यात्रा समापन गर्नुभएको हो ।

प्रशान्त महासागरको किनारै किनारबाट भएको साल्भोको यो यात्राको प्रमुख उद्देश्य संयुक्त राज्य अमेरिका र क्यानडामा शान्तिको प्रतीकको जीपीएस तस्वीर सिर्जना गर्नु पनि हो भनिएको छ ।

यी साइकल चालक वृद्धाले यसअघि सन् २०१६ मा पनि ६७ वर्षको उमेरमा क्यालिफोर्नियाको ओसनसाइडदेखि डेलावरको बेथानी समुद्री तटसम्म साइकल यात्रा गरी कीर्तिमान गर्नुभएको थियो ।

साथै, उहाँ सन् २०१८ मा ६८ वर्ष ३४० दिनको उमेरमा साइकलमा क्यानडा पार गर्ने पहिलो सबैभन्दा पाको उमेरकी महिला बन्न सफल हुनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?