युनाइटेडको लगातार दोस्रो जित

Read Time = 3 mins

लन्डन । प्रि-सिजनमा इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो जित हात पारेको छ । युनाइटेडले अस्ट्रेलियाको मेलबर्न भिक्ट्रीमाथि ४-१ को जित हात पार्दै दोस्रो जित निकालेको हो । युनाटेडले मेलबर्नमाथि पुनरागमन जित हात पारेको थियो । मेलबर्नका लागि क्रिस इकोनोमिदिसले गोल गर्दा युनाइटेडका स्कट म्याकटोमिने, एन्थोनी मार्सियल र मार्कस रासफर्डले गोल गर्नुभयो । युनाइटेडले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको पाँचाँै मिनेटमा बेन फोलामीको क्रसमा क्रिसले गोल गर्दै मेलबर्नलाई अघि बढाउनुभएको थियो । युनाइटेडले पहिलो हाफको २ मिनेट समय बाँकी रहँदा बराबरी गोल फर्कायो । म्याकटोमीनेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । लगत्तै एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाउनुभयो ।

युनाइटेडका लागि खेलको ७७औँ मिनेटमा रासफर्डले तेस्रो गोल गर्नुभयो । खेलको अन्तिम मिनेटमा ताहित चोङको क्रस मेलबर्नका एडमन्ड लुपान्कुलाई लाग्दै गोल भएपछि युनाइटेड ४-१ ले विजयी भएको थियो । यसअघि सिजनको पहिलो मैत्रीपूर्ण खेलमा युनाइटेडले लिभरपुललाई हराएको थियो । उक्त खेलमा ४-० को जित हासिल गर्दै टेन हागले सुखद सुरुवात गरेको थियो । यस्तै प्रि-सिजनकै अर्को खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० गोलअन्तरले पराजित गर्‍यो । लिभरपुललाई जित दिलाउन जोर्डन हेन्डरसन र मोहमद सलाहले एक/एक गोल गर्नुभयो ।

खेलको १२औँ मिनेटमा हेन्डरसनले गोल गर्दै लिभरपुललाई सुरुवती अग्रता दिलाउनुभएको थियो । खेलको ४७औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाउनुभयो । यस जितसँगै लिभरपुलले स्ट्यान्डर्ड चार्टर्ड सिंगापुर ट्रफी जितेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?