दोस्रो धौलागिरि श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम घोषणा

Read Time = 5 mins

काठमाडौं । गण्डकी प्रदेशअन्तर्गतको धौलागिरि क्षेत्रका कलाकारहरूको साझा संस्था धौलागिरि सांस्कृतिक समितिको आयोजनामा हुने गरी ‘दोस्रो धौलागिरि श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ घोषणा भएको छ । समितिले शनिबार कार्यसमिति बैठक सम्पन्नसँगै एक कार्यक्रमको आयोजना गर्दै धौलागिरि क्षेत्रका सम्पूर्ण कलाकर्मीहरूलाई परिचयपत्र वितरणको सुरुवात गर्दै उक्त कार्यक्रमको घोषणा गरेको हो ।

यसअघि २०७६ सालमा मा स्थापनाकालमै उक्त समितिले ऐतिहासिक रूपमा पहिलो बृहत् सांस्कृतिक सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो । त्यसपछि कोरोना भाइरसको आगमनसँगै हुन नसकेको कार्यक्रमलाई यो वर्षदेखि पुनः निरन्तरता दिन लागिएको समितिका अध्यक्ष गायक कृष्णसमिप सुवेदीले जानकारी दिनुभयो । दोस्रो धौलागिरि श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम आगामी सउन २८ गते राजधानीमा आयोजना हुनेछ ।

धौलागिरिअन्तर्गत पर्ने पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङका सबै जिल्लाका कलाकार स्वतः साधारण सदस्य रहने निर्णय गर्दै सो क्षेत्रका कलाकर्मीलाई परिचय पत्र वितरण सुरु गरेको समितिले साउन २८ मा आयोजना हुने कार्यक्रममा प्रदान गरिने सम्मानका विभिन्न विधासमेत सार्वजनिक गरेको छ ।

अघिल्लो पटक ११ हजार १ सय ११ रुपैयाँ राशीसहित ‘धौलागिरि राष्ट्रिय सम्मान’, ७ हजार ७ सय ७७ रुपैयाँ राशीसहित ‘धौलागिरि साधना सम्मान’, ५ हजार ५ सय ५५ रुपैयाँ राशीसहित ‘धौलागिरि युवा सम्मान’ र ५ हजार ५ सय ५५ रुपैयाँ राशीसहित ‘धौलागिरि विशेष सम्मान’ प्रदान गरेको समितिले यो पटक अन्य चार विधा थप्दै मैत्रीपूर्ण सम्मान स्वरूप सबैमा ५ हजार ५ सय ५५ रुपैयाँ राशी रहनेगरि ‘धौलागिरि साहित्य सम्मान’, ‘धौलागिरि खेलकुद सम्मान’, ‘धौलागिरि पत्रकारिता सम्मान’ र ‘धौलागिरि सामाजिक सम्मान’ गरी कूल आठ विधामा सम्मान प्रदान गर्ने निर्णय गरेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

समितिले कार्यक्रम सम्पन्न गर्न कुनै व्यक्ति विशेषसँग चन्दा नउठाउने घोषणा गर्दै कार्यक्रममा संस्थागत सहकार्यका लागि समग्र धौलागिरि, गण्डकी अनि समग्र नेपाली जोडिएका विभिन्न कर्पोरेट तथा व्यापारिक घरानाहरूलाई आहृवानसमेत गरेको छ । यो कार्यक्रमलाई हरेक वर्ष एक कार्यक्रम गर्ने उद्देश्य अनुसार कै निरन्तरता भनिएको छ ।

‘श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन’ भन्ने नारा बोकेर स्थापना भएको यो संस्थाले नेपाली लोक तथा सुगम संगीतमा महत्वपूर्ण हिस्सा बोकेको धौलागिरि क्षेत्रका कलाकारलाई गोलबद्ध गर्दै विभिन्न समयमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । समस्त क्षेत्रलाई समेट्दै स्थापना भएको ‘धौलागिरि समाज नेपाल’ मातहत रहेर सांस्कृतिक क्षेत्रसँग जोडिएकालाई एकताबद्ध गर्न यो संस्था स्थापना भएको हो । सोही समाजको मातहत रहेर ‘धौलागिरि सांस्कृतिक समितिले आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

होटल म्याजेष्टिक ठमेलमा आयोजित कार्यक्रममा विशेष अतिथि धौलागिरि समाज नेपालका संस्थापक अध्यक्ष केदारनाथ गौतमसँगै समाजका उपाध्यक्ष शक्तिलाल ज्वारचन, गीतकार देवेन्द्र गिरी, लोकप्रिय गायक विष्णु खत्री, लोकप्रिय गायिका कृष्ण परियारलगायत धौलागिरिबाट प्रतिनिधित्व गर्ने कलाकर्मी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?