अष्ट्रेलियाको विजयी सुरुवात

Read Time = 2 mins

लण्डन । स्टेफ क्याट्लेको निर्णायक गोलमा आयोजक अष्ट्रेलियाले नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा अष्ट्रेलियाले आयरल्याण्डलाई १-० ले पराजित गर्दै समूह ‘बी’ मा जितसहित महत्वपूर्ण तीन अंक बटुलेको हो ।

अष्ट्रेलियाको सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा बिहीबार भएको खेलमा घरेलु टोलीको जितमा दोस्रो हाफमा स्टेफ क्याट्लेले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

उहाँले ५२औं मिनेटमा गोल गर्न सफल हुनुभयो । कोनी क्रसले दिएको पासलाई नियन्त्रण लिने प्रयास गर्दा हेली रासोलाई आयरल्याण्डकी मारिसा सेभाले पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले अष्ट्रेलियालाई पेनाल्टी प्रदान गर्दा क्याट्ले चुक्नुभएन ।

कीर्तिमानी ७५ हजार ७८४ जना दर्शक उपस्थित रहेको खेलमा खेलभर नै बल पोसेसन राख्दै आयरल्याण्डलाई दबाबमा राखेको अष्ट्रेलियाले त्यसपछि भने थप गोल गर्न नसक्दा क्याट्लेको गोल नै निर्णायक बन्यो । यस जितसँगै समूह ‘बी’ अष्ट्रेलियाले तीन अंक बटुलेको छ । पराजित आयरल्याण्ड अंकविहीन छ ।

विश्वकपमै भएको अर्काे आयोजक न्यूजिल्याण्डले नर्वेलाई १-० ले हराएर विजयी सुरुवात गरिसकेको छ । न्यूजिल्याण्डस्थित अकल्याण्डको इडेन पार्कमा घरेलु टोली न्यूजिल्याण्डको जितमा ४८औं मिनेटमा हानह विल्किन्सनले गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै न्यूजिल्याण्डले एक खेलबाट तीन अंक बटुलेको छ । पराजित नर्वे अंकविहीन छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?