सावित्रालाई सशस्त्र प्रहरी परिवार महिला संघको सम्मान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ फुटबल क्लबकी स्ट्राइकर सावित्रा भण्डारीलाई सशस्त्र प्रहरी परिवार महिला संघले सम्मान गरेको छ । संघले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा आइतबार सावित्रालाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

सशस्त्र प्रहरी बलमा फुटबल खेलाडीका रूपमा आबद्ध भएयता सावित्राले उत्कृष्ट खेल प्रदर्शन गर्दै अपेक्षित नतिजा हासिल गरेको भन्दै संघले सम्मान गरेको हो । राष्ट्रिय महिला फुटबल टोलीकी समेत महत्वपूर्ण खेलाडी सावित्रा नेपालकी सर्वाधिक गोलकर्ता हुनुहुन्छ ।

उहाँले राष्ट्रिय टोलीबाट ४३ खेलमा ४३ गोल गरिसक्नुभएको छ । सन् २०१४ मा एपिएफ क्लबमा आबद्ध भएपछि उहाँले एपिएफलाई लगातार राष्ट्रिय लिगको उपाधि दिलाउँदै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?