प्रचारको काम सुरु गर्दै प्रेम गीत-३

Read Time = 2 mins

काठमाडौं । यही वर्षको दशैँलाई प्रदर्शन लक्षित गरेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेम गीत-३’ निर्माण टिमले आधिकारिक रूपमा प्रचारप्रसारको काम सुरु गरेको छ । निर्देशक तथा निर्माता सन्तोष सेन मुम्बईबाट फर्किएलगत्तै अब आफूलगायत आफ्नो टिम चलचित्र प्रदर्शन मिति असोज ७ लाई टार्गेट गरेर प्रचारप्रसारमा होमिएको प्रतिक्रिया दिनुभयो ।

शनिबारमात्रै गोगंबुस्थित लोत्से मलमा फिल्मका मुख्य कलाकारसहितको भव्य व्यानर राखिएको छ । अब काठमाडौंसहित नेपालभरका मुख्य शहरमा यसैगरी प्रचारप्रसारका सामग्री राखेर प्रेम गीतमय बनाइने निर्माता तथा निर्देशक सेनले बताउनुभयो । त्यसपछि मात्रै दर्शक भेटघाट, मिडिया प्रमोशन, सोसल साइट प्रमोशनलगायतमा ध्यान दिने तयारी छ ।

नेपालसँगै भारतमा पनि प्रदर्शन गर्ने तयारी गरिएको फिल्म कोरोना महामारीका कारण पछि सरेको थियो । अनिश्चित कालका लागि सरेको फिल्मको प्रदर्शन अन्नतः यो वर्ष असोज ७ गते हुँदैछ ।

चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् । यी बाहेक चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, मनिषराउत, अनुभव रेग्मी, क्रिजन गौतमलगायत कलाकारको अभिनय छ । स्व.छेतेन गुरुङ र निर्माता सन्तोष सेनले निर्देशन गरेको चलचित्रको कथा छेतेन गुरुङ र मन्दीप गौतमले लेख्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?