एनआरएनएद्वारा शंखमूल पार्क सरसफाइ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको ललितपुरस्थित शंखमूल पार्कमा आइतबार सरसफाइ कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा पूर्वमुख्यसचिव लिलामणि पौड्याल, ललितपुर महानगरपालिका-९ का वडाध्यक्ष राजु महर्जन, एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष बद्री केसी, उपाध्यक्षद्वय नरेन्द्र भाट र आरके शर्मा, उपमहासचिव विनय अधिकारी, युरोप संयोजक चिन्तामणि सापकोटा, युरोपका क्षेत्रीय युवा संयोजक रमेश काफ्ले, युकेका पूर्वआइसिसी सदस्य पशुपति भण्डारी, नर्वेका पूर्वआइसिसी सदस्य द्वारिका महर्जन, एसिया प्यासिफिक क्षेत्रका अभियन्ता रञ्जन कुँवर, एनसिसी कोरियाका पूर्वक्षेत्रीय महिला संयोजक आस्था बिन्दु मल्ललगायतको सहभागिता रहेको थियो ।

वडाध्यक्ष महर्जनले विगत तीन वर्षदेखि एनआरएनएले बनाएको पार्कको संरक्षणको जिम्मा वडा नम्बर ९ ले लिँदै आएको भन्दै स्रोत साधनले भ्याएसम्म संरक्षण गरिरहने बताउनुभयो । शंखमूल पार्क स्तरोन्नतिका साथै शौचालयका लागि महानगरपालिकाबाट दुई करोड बजेट पास भइसकेको पनि उहाँले जानकारी गराउनुभयो ।

पूर्वमुख्यसचिव पौडेलले पार्क मनोरञ्जनमात्र नभई पुरातात्विक र ऐतिहासिक रहेको बताउनुभयो । एनआरएनएले तत्कालीन उपाध्यक्ष कुल आचार्यको संयोजकत्वमा करिब ३२ रोपनी जग्गामा निर्माण गरेको पार्क तीन करोड दुई लाख ५९ हजार एक सय ५५ रुपैयाँमा निर्माण भएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?