रामप्रसादको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’

Read Time = 3 mins

काठमाडौं । लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा निरन्तर लागिरहनु भएका अग्रज गायक रामप्रसाद खनाल अहिले नेपालमै हुनुहुन्छ । पछिल्लो समय अमेरिकामा बस्दै आउनुभएका खनाल नेपालमा रहँदा लोकगीतकै काममा व्यस्त हुनुहुन्छ । उहाँले एकपछि अर्को गर्दै एकसाथ सात गीत निकाल्ने तयारीमा हुनुहुन्छ । जस अनुरुप पहिलो ‘हे कृष्ण, हे राम’ धार्मिक भजन गीत सार्वजनिक भइसकेको छ भने दोस्रो गीत ‘तिम्री आमा, मेरी आमा’ पनि सार्वजनिक गरिएको छ ।

सार्वजनिक दोस्रो शब्द, स्वर तथा सुरेश अधिकारीको संगीत छ । सामाजिक सन्देश बोकेको गीतले घरघरमा, अज्ञानता बस हुने श्रीमान्–श्रीमतीबीचको तेरो र मेरो भन्ने भावना प्रतिबिम्बित गरेको छ । गीतको भिडियोमा गायक खनाल आफैंले पनि अभिनय गर्नुभएको छ भने साथमा कलाकार कमला रेग्मीले श्रीमतीको भूमिकामा साथ दिनुभएको छ । 

गीतले हरेक श्रीमान्–श्रीमतीलाई पारिवारिक कलहको विषयमा सम्झाएर कहल कम गर्न मद्धत गर्र्ने विश्वास आफूले लिएको गायक खनालले बताउनुभयो । खनालले भन्नुभयो, ‘भाइरल खोज्ने युगका लागि यो गीत कस्तो हुन्छ थाहा छैन । तर यसले हरेक दम्पती जोडीलाई जोड्ने काम भन गर्नेछ ।’

भिडियो निर्मल शर्मा ‘गँैडा’ ले निर्देशन गर्नुभएको हो । राजु केसीको छायांकन, गौतमराज खड्काको सम्पादन रहेको भिडियो निर्देशक शर्मा र अन्य कलाकार समेतको अभिनय छ । 

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको संस्थापक अध्यक्ष समेत रहनु भएका खनालले एक समय नेपाल टेलिभिजनमा ‘लोकदोहोरी’ कार्यक्रम सञ्चालन गरेर लोकदोहोरीलाई स्थापित गराउने काम गर्नुभएको थियो । १२ सय बढी गीतमा स्वर दिनुभएका खनालका ५२ एल्बम सार्वजनिक भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?