Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गर्ने न्याय परिषद्‌को निर्णय

Read Time = 1 min
A A- A+

काठमाडौं । न्यायपरिषद् बैठकले थप दुईजना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । सोमबार बसेको परिषद्‌को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको न्यायपरिषद्‌का प्रवक्ता मानबहादुर कार्कीले बताउनु भयो । निधि उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको न्यायाधीशमा कार्यरत हुनुहुन्छ ।
निधि राजविराजमा रहँदा र शर्मा सिरहामा कार्यरत रहँदा खराव आचरण देखाएको भन्दै छानबिनमा तानिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?