-चन्द्रकान्त खनाल
रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य सेवाका हिसावले नेपाल अब्बल भएकोले नेपालमै अध्ययन गरेर नेपाली जनताको सेवा गर्ने वातारण निर्माण गरेमा मात्रै देश र नागरिकको स्वास्थ्य समृद्ध बन्ने बताउनु भएको छ ।
लुम्बिनी यूनिभर्सल मेडिकल कलेज भैरहवामा आयोजित करुणा फेस २०२२ को उद्घाटन गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीले यस्तो बताउनु भएको हो । उहाँले मेडिकल कलेजमा अनुसन्धानलाई अझै प्रभावकारी रुपमा सञ्चालन गरी रोल्पा रुकुममा पाइने गाजालाई पनि विरामीको औषधीको रुपमा रिफाइन गरी प्रयोगमा ल्याउन अनुरोध गर्नु भयो।
उहाँले मेडिकल कलेजमा चिकित्सा विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले नै आर्थिक संकल गर्न गरी आर्थिक अभावले मृत्य हुने जोखिममा रहेका विरामीहरुको जीवन बचाउने कार्य गरिरहेको करुणा समाजलाई धन्यवाद दिदै भने तपाईहरुले गरेको योगदानले आर्थिक अभावमा रहेका धेरै विरामीहरु जीवन बचाउनु भइरहेको छ, यसलाई आगामी दिनमा आगामी दिनमा अझै प्रभावकारी रुपमा अगाडी बढाउनु पर्दछ । ” प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री कुलप्रसाद केसीले राम्रो विषय अध्ययन गर्दा नेपाल नेपालमा गर्ने फेरि जवको लागि अमेरीका, अस्ट्रेलिया लगायतको देशमा जाने चलन रहेको बताउँदै ती दक्ष जनशक्तिलाई नेपालमै रोक्न राज्य तयार गर्ने बताउनुभयो ।
नेपालली जनताको स्वास्थ्यमा सुधार गर्नका सबै लाग्नु पर्ने बताउँदै लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्रामिकता दिएको वताउदै मुख्यमन्त्री केसीले भने जुनदेशका नागरिक स्वास्थ्य हुन्छन् त्यही देश समृद्धि बन्ने बताउँदै नागरिककोलाई स्वास्थ्य बनाउनु पर्ने बताउनु भयो।
मुख्यमन्त्री केसीले लुम्विनी मेडिकल कलेजले जनतालाई दिएको सेवाको लागि आफूलाई पनि खुशी लागेको बताउँदै त्यस सेवालाई अझै असाहय नागरिकहरुको जीवन बचाउन प्रयासलाई अगाडि बढाउन निर्देशन दिनुभयो ।
लुम्बिनी युनिभर्सल मेडिकल कलेजमा चिकित्सा विषय अध्ययन गरीरहेका विद्यार्थीहरुले आर्थिक सहयोग संकलन गर्ने कार्यले आफहरुलाई निकै सहयोग भएको विरामीहरुले बताउँदै धन्यवाद दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच