सिन्धुली । भारतीय राजदूतावासका द्वितीय सचिव श्री प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख श्री कर्साङ लामाले भारत सरकारको अनुदान सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटका लागि निर्मित शैक्षिक भवनको मंगलबार संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा चार करोड ४१ लाखको लागतमा सामुदायिक विकास परियोजनाको रूपमा यस भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरू मध्येको एक हो ।
सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको स्थापना सन् २०१४ मा भएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को साझेदार संस्थाको रूपमा रहेको यस संस्थाले जिल्ला समन्वय समिति तथा कमलामाई नगरपालिकासँगको संयुक्त सहकार्यमा स्नातक तहमा सिभिल इञ्जिनियरिङ र कृषि (पशु विज्ञान) शिक्षाको पठनपाठन सञ्चालन गर्दै आएको छ ।
त्यस्तै, यस इन्स्टिच्युटले काठमाडौं विश्वविद्यालयसँग सम्बद्ध रही स्नातक तहमा प्राविधिक शिक्षा सिभिल इञ्जिनियरिङ तथा सूचना प्रविधिका कक्षा पनि सञ्चालन गर्दै आएको छ । यस इन्स्टिच्युटमा २९२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ३० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरूलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्नेछ ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये सिन्धुली जिल्लाका चार गरी बागमती प्रदेशमा १०३ वटा रहेका छन् ।
भारत र नेपालबीच बहुपक्षीय एवं बहुपक्षीय विकास साझेदारी रहेकोे छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिविम्बित गर्दछ । यस परियोजनाको कार्यान्वयनले शिक्षालगायत प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर सहयोगलाई प्रतिविम्बित गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच