सडक र पुल निर्माणमा सडक डिभिजन विराटनगरको महत्वपूर्ण उपलब्धि

Read Time = 4 mins

-निर्मल ढुंगाना
विराटनगर । सडक डिभिजन कार्यालय विराटनगरले आर्थिक वर्ष २०७८/७९ मा सडक निर्माण र पुल निर्माण तर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । कार्यालयले पाएको लक्ष्यको तुलनामा ८० प्रतिशत भन्दा बढीले उपलब्धि हासिल गरेको छ ।

कार्यालयले आर्थिक वर्ष ०७८/७९ मा १ अर्व २३ करोड रुपैयाँ बजेट पाएकोमा विषम् परिस्थितिका बावजुत ९७ करोड रुपैयाँ खर्चेर विकास निर्माण तर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको हो । कार्यालयले समग्र विकास बजेटबाट ८० प्रतिशत भन्दा वढीले विकास निर्माणको काम सम्पन्न गरेको छ ।

कार्यालयले मावाखोलादेखि इटहरीसम्मको चार वटा ठूलो पुलको निर्माण सम्पन्न गरेको छ भने करिब १० वटा पुलकोे निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख सुदर्शन कार्कीले जानकारी गराउनु भयो। बाँकी रहेको पुलको सवस्टक्चर र कोभर स्टेक्चरको निर्माण कार्य जारी रहेको कार्कीको भनाइ छ । कार्यालयले मोरङ र सुनसरीका ३४ वटा पुलको मर्मत संहार र निर्माण कार्यको अख्तियारी पाएको थियो । जसमध्ये ४ वटा पुल निर्माण कार्य सम्पन्न भइसकेको छ ।

१० वटा पुलको काम अन्तिम चरणमा छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा नयाँ पुलको निर्माण र पुरानो पुलको मर्मत सम्हार तर्फ ३२ करोड खर्च गरेको छ । कार्यालयले मावाखोलादेखि इटहरीसम्म ३५ किलोमिटरसम्मको राजमार्ग र सहायक मार्गमा रहेका ११ वटा जिर्ण पुलको मर्मत गरेको छ । यसबाहेक कार्यालयले राजमार्ग र सहयाक राजमार्ग गरेर करिब ३० कि.मी सडकलाई कालोपत्र गरेको छ ।

गत आर्थिक वर्षमा जेठदेखि भीषण पानी परेको, निर्माण समाग्रीको मूल्य बृद्धि भएको, ठेकेदारले निर्माण समाग्रीको मूल्य बृद्धिका कारण निर्माण कार्य बन्द गरेको र अर्थमन्त्रालयले बजेट रकमान्तरमा ढिलाई गरेकोले सोचे अनुसार काम गर्न नसकिएको प्रमुख कार्कीले बताउनु भयो ।
कार्यालयले पाहाडी क्षेत्रका सडकमा छोएका भिरालो जमिनलाई भू–क्षयबाट रोक्न आफैले विरुवा उत्पादन गरेर बृक्षारोपण गर्दैै आएको छ । धरानको वेसक्यम्पमा आफ्नै नर्सरीमार्फत विरुवा उत्पादनको काम सुरु गरेको छ । सडक मार्गलाई २४ सैं घण्टा चलायमान बनाउन र बाढी पहिरोको बेला भू–क्षयबाट सडकलाई जोगाउन सडक छेउ छाउमा बृक्षारोपण सुरु गरेको प्रमुख कार्कीले बताउनु भयो । सडकको छेउका भीरालो पाखामा बृक्षारोपण गर्ने सडक डिभिजन विराटनगर पहिलो भएको कार्यालय प्रमुख कार्कीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?