कर्णाली प्रदेशकाे सर्वदलीय बैठकमा जुटेन सहमति

Read Time = 2 mins

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्नको लागि आज दिउँसो बोलाइएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

सर्वदलीय बैठक आह्वान गरेका सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको र बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले बैठक आह्वान गर्नुभएको हो । सभामुख शाहीले आज बोलाइएको सर्वदलीय बैठकमा छलफलको टुङ्गो लाग्न नसकेको जानकारी दिनुभयो ।

“आज दिउँसोको बैठकमा छलफल त भयो त्यसको निष्कर्ष निष्कन सकेन”, सभामुख शाहीले भन्नुभयो, “अब फेरि अर्को बैठक बसेर छलफल हुन्छ ।” मङ्गलबार प्रदेशसभाको दशौँ अधिवेशनको २६औँ बैठकको सुरुमै माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दलको जिम्मेवारी र आवश्यकतालाई सदन र सरकारमा पूर्णतया बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । उहाँले पर्याप्त बजेट विनियोजन गरी कार्यविधि बनाएर नयाँ व्यवस्था वा प्रदेश प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने शहीद परिवारका लागि शहीद स्मृति र घाइते अपाङ्गता भएका व्यक्तिको जीवन निर्वाह भत्ताको व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन नगरेको बताउनुभयो ।
-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?