कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघेले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।
विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष सपथ लिएका हुन् । श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको सपथ ग्रहण समारोहमा सरिक भएका थिए ।
यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलिजुली सरकार गठनको प्रयास भइरहेको जनाइएको छ । विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्वसार्वजनिक प्रशासन मन्त्री दिनेश गुणवर्देनालाई मिलिजुली सरकारमा प्रधानमन्त्री बन्न आमन्त्रित गर्ने अपेक्षा गरिएको छ । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच