वर्षा र गर्मीका कारण जिल्ला अस्पतालमा बिरामी बालबालिकाको संख्या बढ्दो

Read Time = 2 mins

लमजुङ । जिल्ला अस्पताल लमजुङमा ज्वरो र झाडापखालाका विरामी बढेका छन् ।
वर्षा र अत्याधिक गर्मीका कारण जिल्ला अस्पतालमा दैनिक ज्वरो, झाडापखाला र रुघाखोकीको समस्या लिएर आउने विरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।

अस्पतालमा विभिन्न स्वास्थ्य समस्या लिएर आउने विरामी मध्ये पछिल्लो समय वढि मात्रामा झाडापखला र ज्वरोको समस्या भएका बालवालिकाहरु उपचारका लागि आएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अहिले दैनिक ५० देखि ६० जना बालवालिका उपचारको लागि अस्पताल आउनेको अस्पतालको तंथ्याक छ । उनिहरुमा बढि मात्रामा झापखला, ज्वरो, रुघाखोकी, रगतमासिको समस्या देखिएको छ ।

वर्षा हुदाँ केहि चिसो वर्षा नहुँदा अत्यधिक गर्मिका कारण र खानपानमा ध्यान नदिदा बालवालिकामा वढी मात्रा मौसमि स्वास्थ्य समस्या देखा परेको चिकित्सकको भनाई छ ।

यस्ता स्वास्थ्य समस्या आउन नदिन तथा फैलन नदिन सरसफाईमा ध्यान दिन, ताजा खानेकुरा खान र पानी उमालेर तथा फिल्टर गरीर पिउन चिकित्सकको सुझाव छ ।

लमजुङ जिल्ला अस्पतालले पाँच वर्षमुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क उपचार गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?