जेठ १ गतेदेखि बुद्धको रात्रिकालीन उडान

Read Time = 2 mins

काठमाडौं । बुद्ध एयरले विमानस्थलहरू १८ घण्टा खुला राख्ने निर्णय गरेको छ । बुद्धले जेठ १ गतेदेखि रात्रिकालीन उडान सुुरु गर्ने भएको हो । एयरलाइन्सले रात्रिकालीन उडान जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा सुरु गरिने जनाएको छ । उडान राती ८ बजेदेखि हुने बताइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालीन उडान रहेको छ । दैनिक कामकाजमा व्यस्त यात्रुका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने बुद्ध एयरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । रात्रिकालीन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले काठमाडौंको हकमा ‘टुटल’ सँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुट अफर पनि ल्याउने भएको छ । पोखरा विमानस्थललाई सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको बुद्धले अब भैरहवा विमानस्थललाई पनि दोस्रो हबका रूपमा सबै प्रदेशबाट जोड्ने भएको छ । निकट भविष्यमै भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना रहेको छ । बुद्धले भगिनी संस्था बुद्ध होलिडेजमार्फत् होलिडे प्याकेज पनि सञ्चालन गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?