काठमाडौं । नेपाल टेलिकमले गत साउन १ देखि लागू गरेको समर अफरअन्तर्गत हाल केही नयाँ र आकर्षक अफरसमेत उपलब्ध गराएको छ । कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफर उपलब्ध गराउँदै आएकोमा हाल केही नयाँ अफर थप गरेपछि ग्राहकको आकर्षण बढेको कम्पनीले जनाएको छ । नयाँ अफरका रूपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र सय मिनेट भ्वाइस प्याक रहेका छन् । २० मिनेट भ्वाइस प्याक १५ रुपैयाँमा उपलब्ध रहेको छ भने दिनभर कल गर्न सकिन्छ । सय मिनेट भ्वाइस प्याक तीन दिनका लागि ४९ रुपैयाँमा उपलब्ध छ ।
त्यसैगरी नयाँ अफरका रूपमा एक एमबिपिएसको अनलिमिटेड डाटा एक दिनका लागि ४९ रुपैयाँमा उपलब्ध छ । अब सबै नेटवर्कमा सय एसएमएस एक दिनका लागि १५ रुपैयाँ, दुई सय एसएमएस तीन दिनका लागि २९ रुपैयाँ र तीन सय एसएमएस २८ दिनका लागि ९८ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कर्पोरेट युजरका लागि उपलब्ध सियुजी प्याकेजमा नयाँ रिसोर्स थप गरेर अझै आकर्षक बनाइएको छ भने सियुजी अफरअन्तर्गत उही मूल्यमा पहिलेभन्दा चार गुणासम्म बढी डाटा भोल्युम उपलब्ध रहेको छ ।
सियुजी हजार रुपैयाँमा १० जिबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जिबी रहेको छ भने सियुजी १५ सय रुपैयाँमा २० जिबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जिबी रहेको छ । त्यसैगरी सबै नेटवर्कमा कल गर्न, डाटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधासमेत रहेको कम्पनीका प्रवक्ता सोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच