संघीयता देशले धान्न नसक्ने पुष्टि भइसक्यो : लिङ्देन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले खर्चिलो, अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताउनुभएको छ । बिहीबारबाट काठमाडौंमा सुरु दुईदिने केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले जनप्रतिनिधि र प्रशासनिक खर्चको भार बोझिलो हुँदाहुँदै करको दायराले जनताको जनजीवन नै प्रभावित भएको भन्दै अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताउनुभएको हो ।

उहाँले राजसंस्थालाई बहिष्करण गरेकै कारण शान्ति प्रक्रियाले हालसम्म पनि पूर्णता पाउन नसकेको तर्क गर्नुभयो । चर्को मूल्यवृद्धि र बजार घाटा, वैदेशिक मुद्राको अल्प सञ्चिति, असन्तुलित आयात निर्यातको दर उत्तिकै कहालीलाग्दो रहेको उहाँले बताउनुभयो ।

उहाँले ठूला भनिएका दलहरूकै कारण मुलुकमा भ्रष्टचार व्याप्त बनेको र मुलुकमा आर्थिक समस्या देखा परेको तर्क गर्नुभयो । बैठकमा लिङ्देनले प्रारम्भिक समसामयिक राजनीतिक परिवेश र भावी कार्ययोजना पेश गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?