अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि भव्यरूपमा मनाइने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘अन्तर्राष्ट्रिय युवा दिवस’ नेपालमा पनि भव्यरूपमा मनाइने भएको छ । बिहीबार यही साउन २७ गते सो दिवस मनाउन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको हो । युवाहरूलाई देश र जनताप्रति जवाफदेही हुने गरी काम गर्न प्रेरित गर्ने उद्देश्यका साथ सो अन्तर्राष्ट्रिय दिवस मनाउनका लागि मूल समारोह समितिसमेत गठन गरिएको मन्त्री गहतराजले बताउनुभयो । उहाँले सो दिवसलाई देशव्यापी बनाउन सबै प्रदेश र स्थानीय तहहरूमा पनि विभिन्न रचनात्मक खालका कार्यक्रमको आयोजना गरी मनाउन आग्रह गरिने जानकारी दिनुभयो ।

सो दिवसका अवसरमा राष्ट्रियसभा गृहमा विशेष समारोह आयोजना गरिनेछ । सभारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । सो दिन बिहान काठमाडौंको भृकुटीमण्डपबाट प्रभातफेरी कार्यक्रमसमेत आयोजना हुनेछ । प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल स्काउट, राष्ट्रिय खेलकुद परिषद्को समेत सहभागिता हुनेछ ।

‘अन्तरपुस्ता ऐक्यबद्धताः सबै उमेर समूहमैत्री विश्व निर्माणमा प्रतिबद्धता’ भन्ने मूल नारा यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको तय गरिएको छ । संयुक्त राष्ट्र संघको आहृवानमा हरेक वर्ष अगस्ट १२ का दिन विश्वव्यापीरूपमा सो दिवस मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?