राष्ट्रपति पौडेल डिस्चार्ज, आजै राति स्वदेश फर्कने

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुनुभएको छ । दिल्लीमा उपचाररत राष्ट्रपति पौडेल डिस्चार्ज भएसँगै आज नै स्वदेश फिर्ता हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ। उपचारमा संलग्न चिकित्सकहरूले केही हप्ता आराम गर्ने सुझाव दिएका छन्।

पेटमा समस्यामा देखिएपछि राष्ट्रपति पौडेललाई बैशाख ५ गते महराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि बैशाख ६ गते भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल (एम्स) भर्ना गरिएको थियो।

पेट र छातीमा समस्या देखिएपछि पौडेललाई एयर एम्बुलेन्सबाट वैशाख ६ गते दिल्ली लगिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?