पदक बिजेता शरीरिक सुगठन टोलीलाई विमानस्थलमा स्वागत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मालदिभ्समा आयोजना भएको ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप २०२२ मा पदक प्राप्त गर्दै राष्ट्रको गौरव बढाउने खेलाडीलगायत नेपाली टोलीलाई शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेसका महासचिव राजन श्रेष्ठ, संघका पदाधिकारी तथा सुभेच्छुकले टोलीलाई खादा, माला तथा अबिरले स्वागत गर्नुभएको थियो ।

यही साउन १ देखि ४ गतेसम्म आयोजना भएको च्याम्पियनसिपमा ८० केजी तौल समूहमा उमेश राईले रजत र फिटनेस फिजिकतर्फ १७० सेमी सम्मको प्रतिस्पर्धामा राजु राईले कास्य पदक प्राप्त गर्न सफल हुनुभएको थियो ।

खेलाडीहरूको मनोबल उच्च राख्नका लागि नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई एक लाख र कास्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गर्नुभएको छ ।

नेपाली टोलीको ब्यवस्थापकमा संघका उपाध्यक्ष दिनेश राजभण्डारी तथा निर्णायकहरूमा संघका बरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, नानीकाजी डंगोल र लक्ष्मण महत रहनुभएको थियो ।

५५ औं एशियन शारीरिक सुगठन प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । त्यसका लागि नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेशबाबु श्रेष्ठ र एशियन फेडेरेशनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?