राजविराज । राजविराज भन्सार कार्यालयले लक्ष्य लिएको भन्दा ३९ प्रतिशत कम राजश्व संकलन गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीस्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा ४ करोड १७ लाख ६४ हजार राजश्व संकलन गरेको हो । यो राजश्व लक्ष्य भन्दा ३९ प्रशित कम हो । कार्यालयले ६ करोड ८४ लाख २० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
भन्सार कार्यालयका अधिकृत दिपेन्द्रकुमार झाका अनुासरले कर्मचारीको समस्या, कोरोना महामारी, खुल्ला सिमाना, बाटोको समस्या, स्थानिय तह निर्वाचन लगायतका विविध कारणले लक्ष्य अनुसारको सफलता नमिलेको बताउनु भएको छ ।
गत आर्थिक वर्ष २०७७/०७८ मा ६ करोड ३३ लाख ६२ हजार लक्ष्य रहेकोमा ४ करोड ६२ लाख १९ हजार ७३ रुपैयाँ राजस्व संकलन भएको थियो ।
भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा ७ करोड ९७ लाख ३४ हजार ९ सय ३३ रुपैयाँ संकलन गरेको थियो । त्यो वर्ष भन्सार कार्यालयले ८ करोड ६९ लाख ३७ हजार रुपैयाँको लक्ष्य लिएको थियो ।
लक्ष्य अनुसारको लक्ष्य हाँसिल गर्न नसके पछि कार्यालयले आर्थिक वर्ष २०७९/०८० का लागि लक्ष्य निकै घटाएको छ । भन्सार अधिकृत झाका अनुसार यो वर्ष कार्यालयले ५ करोड ९९ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको बताउनु भएको छ ।
जिल्लाबाट निकासी, पैठारी, लिलामी र अस्थायी पैठारी लगायतका कारोबारबाट ०७८/७९ मा सो परिमाणको राजश्व संकलन भएको हो । उहाँले आ.ब. २०७८/०७९ मा सशस्त्र प्रहरीले सर्वाधिक ५ सय ८७, नेपाल प्रहरीले ४ सय ६३ र भन्सार कर्मचारीहरुबाट १४ गरि कुल १ हजार ६४ लिलामी मुद्दा यस कार्यालयमा बुझाइएकोमा २ सय मुद्दाको लिलामी कार्य सम्पन्न भइसकेको र ४ सय ९९ मुद्दा एक दुई दिनमै लिलामीमा टुंग्याउने सम्पूर्ण तयारी र प्रक्रिया पूरा गरिएको जानकारी पनि दिनुभयो ।
जिल्लामा मुख्य भन्सार कार्यालय १ र छोटी भन्सार ७ सहित ८ वटा भन्सार कार्यालय छन् । जसमध्ये बेल्ही र पातो छोटी भन्सार कार्यालय मात्र संचालनमा छन् । उक्त दुबै छोटी भन्सारबाट पनि अपेक्षा अनुसारको राजश्व संकलन हुन नसकेको उहाँले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच