नेपाल प्रहरीका ११ एसपीको काज सरुवा (सूचीसहित)

Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार ११ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको जनाएको छ ।

जस अनुसार ७ जिल्लाका प्रहरी प्रमुख समेत फेरिएका छन् ।

सरुवा सूची अनुसार कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होविन्द्र बोगटी, मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढा मगर, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत र डोटीमा दिलिप घिमिरे पठाइएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?