डुम्रे-बेँसीसहर सडक पुनः सञ्चालनमा

हिमालय टाइम्स
Read Time = 1 min

लमजुङ । अविरल वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध डुम्रे-बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । देउरालीडाँडामा पहिराले अवरुद्ध उक्त सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ रिठ्ठेबगरमा पहिराे हटाएसँगै यातायात सञ्चालन भएको हो ।

शुक्रबार रातिदेखि पहिराले उक्त सडक अवरुद्ध भएको थियो । नेपाली सेनाको श्रीजङग गण, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोड्ने उक्त सडक ढुङ्गामाटोसहितको लेदोका कारण अवरुद्ध भएको थियो ।

पहिराे हटाएसँगै दुई दिनदेखि थन्किएका सवारीसाधन सञ्चालनमा आएको सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?